२ सय भन्दा बढी स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्, बजेट कार्यान्वयनको झण्डै २ सता वित्यो

काठमाडौं – चालु आर्थिक वर्ष २०७७र७८ को बजेट कार्यान्वयन शुरु भएको झण्डै २ सता वितिसक्दा समेत अझै २ सय भन्दा बढी स्थानीय सरकारले बजेट ल्याउन सकेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार आइतबारसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ ।
यो तथ्यांक मन्त्रालयको पोर्टलमार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणमा आधारित भएर बनाईएको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म अझै २ सय १ स्थानीय तहमा बजेट आएको छैन । बजेट ल्याउन नसकेका स्थानीय तहको कुल प्रतिशत २६.६९ हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्