आठ स्वास्थ्यकर्मीसहित १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

File Photo

वीरगञ्ज – नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार राति अबेर आएको रिपोर्टमा आठ स्वास्थ्यकर्मीसहित थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्ध, आठ स्वास्थ्यकर्मीसहित पर्सामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिए ।

पर्सागढी नगरपालिकाका स्वास्थ्य केन्द्रहरू बन्द
एउटा स्वास्थ्य केन्द्र र चारवटा स्वास्थ्य चौकी रहेको पर्साको पर्सागढी नगरपालिकाका एकजना स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो । स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूको स्वाब सङ्कलन गरी र रिपोर्ट नआउञ्जेल स्वास्थ्य केन्द्रहरूको सेवा बन्द गरिएको हो ।
बिरुवागुठी, हरपुर, पचरुखी, बागेश्वरी तित्रौना, बागवन्ना स्वास्थ्य चौकीका ४० जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिएको र सोको परीक्षण रिपोर्ट नआईञ्जेल सेवा बन्द गर्नुपरेको स्वास्थ्य शाखा प्रमुख योगेन्द्र पञ्जियारले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्