नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला

नौगाड गाउँपालिकाकामा पहिरोमा परेर बेपत्ता भएका  एक जना बालक मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बेलुकी घरबाट दार्चुला सदरमुकाम खलंगा आउदै गर्दा पहिरोमा परेर बेपत्ता भएका नौगाड गाउँपालिकाका एक जना बालक मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको महाकाली नगरपालिका—२ बडालीगाउँमा सुख्खा पहिरो जादा बेपत्ता भएका नौगाड गाउँपालिका—२ तल्लो सुण्डमुण्डका धन बहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्नाको सव लास्कुगाड खोला किनारामा फेला परेको छ ।

लास्कुगाड खोलाले बगाएको अवस्थामा पहिरो गएको स्थानभन्दा झण्डै दुइ किलोमिटर तल बालकको सव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

शुक्रबारदेखि बेपत्ता बालकको मृत्यु भएसंगै दार्चुलामा पछिल्लो एक महिनाको अवधिमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।

 

तस्बिर : लाेकदर्पण टिभी अनलाइन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्