“किन निस्कन्छ बेरुजु”

संघीय सरकारको खरिद ऐन अनुसारको मापदण्ड पुरा नगरी गरिएका खर्चहरुलाई महालेखा परीक्षकको कार्यालयले बेरुजुको रुपमा राखिदिने गर्दछ।
मुलतः बेरुजु सैद्धान्तिक र नियमित गर्नुपर्ने र असुल उपर गर्नुपर्ने भनेर किटान गरिएको हुन्छ।

कारणहरु :
(१) सामान खरिद कर्ता, उपभोक्ता समिति वा ठेकेदारहरुले काम गर्दा कम काम गरेर बढी भुक्तानी लिएको देखियो भने।
(२) काम पूरा गरेको छ तर नियमानुसार कागजात अपुग भएको वा कागजमा त्रुटि देखियो भने।
(३) कर छल्ने प्रयास सहित कम विलबिजक बुझाएको वा नक्कली प्यान वा भ्याट विल बुझाएको देखिएमा।
(४) विलबिजक जारी गर्ने कम्पनी वा फर्म नवीकरण लगायत अध्यावधिक अवस्थामा नरहेको पाइएमा।
(५) विलबिजकमा केरमेट गरेको वा विवरण अस्पष्ट देखिएमा।
(६) हिसाबकिताब राख्नुपर्ने कर्मचारीले ठिक ढंगले विवरण राख्न नसकेमा, नभ्याएको खण्डमा, ज्ञान नभएमा वा दुख दिने नियतबस कागजात लुकाइदिएमा।
(७) खरिद प्रक्रिया पुरा नगरेमा वा नभ्याएमा, नियतबस छलेमा, दबाब सृजना गरेर भुक्तानी दिन लगाएमा।
(८) काम राम्रो गर्ने तर कागजात पुरा नगरेकोमा, आवश्यक कागजातमा सहिछाप नगरेमा।
(९) बेरुजु पैसा खाएको वा भ्रष्टाचार गरेको रकम मात्र नभएर प्रक्रिया नपुर्‍याई खर्च गरेको रकमरबजेट पनि हो।

मुलतः कर्मचारी अभाव, तालिम नपाएका नयाँ कर्मचारीहरु, उपभोक्ता समितिमा रहने व्यक्तिहरुले ध्यान नपुर्‍याउदा र ज्ञान नहुदा, पहुँचवमलाको दबाब, अज्ञानता, लापरबाही, बेवास्ता, हतार गर्ने प्रवृत्ति, भनसुन गरेर भुक्तानी लिने प्रवृत्ति, लोभी वा नाफाखोर चरित्र, अस्तव्यस्तता, महालेखा परीक्षकहरुमा रहेको पुरानो चिन्तन र चित्त नबुझ्नु, छिटो काम गर्नुपर्ने बाध्यता, मतदाता वा सेवाग्राहीहरुको गलत माग, चिन्तन र चाहना, सामाजिक अज्ञानता, कानुनरखरिद ऐन सम्बन्धि अनविज्ञता आदि।

दण्डस्
(१) बेरुजु सरकारी बाँकी असुल उपर गर्नुपर्ने रकम हो। कागजात नपुगेको हो भने पुर्‍याएर फर्स्योट गर्नु पर्दछ। असुल र तिर्नुपर्ने हो भने तिर्नु पर्दछ।
(२) बेरुजु बाँकी रहेको संस्था वा व्यक्ति सरकारी नजरमारकाममा अयोग्य ठहरिन्छ।
(३) बेरुजु बाँकी रहेको व्यक्ति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउदैन। उपभोक्ता समिति वा अन्य सरकारी काम गर्न अयोग्य मानिन्छ।
(४) बेरुजु अध्यावधिक वा फर्स्योट नगरेसम्म सरकारी बाँकी सरह मानि भविष्यसम्म सो रकम सर्दै आउँछ।
(५) बेरुजु फर्स्योट प्रक्रिया झन्झटिलो र जति पुरानो हुदै गयो त्यति कठिन हुदै जान्छ।

 

लेखक : भरत दुलाल, शैलुङ गाउँपालिका, दाेलखाका अध्यक्ष हुन् । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्