यि हुन् युवतीमाथि एसिड प्रहार गर्ने २ जना

काठमाडौं – २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
बिहिबार बेलुका काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको हो ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ गरेका थिए । उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्