दाङमा आपाराधिक घटनामा कमी

दाङ – अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६र७७ मा दाङमा आपाराधिक घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ८३५ विभिन्न आपाराधिक घटना दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा भने ९५७ आपाराधिक घटना घटेका थिए । जुन गत वर्षको तुलनामा कूल १२२ आपाराधिक मुद्दा कमी भएका छन् । सबै भन्दा बढी आत्महत्याका २२२ घटना भएका छन् । तीमध्ये झुण्डिएर १७३ र विष सेवन गरी ४९ रहेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै लागुऔषधका ३२ मुद्दा दर्ता भएका छन् भने जबर्जस्ती करणीका ३२ र जबर्जस्ती करणी उद्योगका २१, सवारी ज्यान सम्बन्धी ४८ लगायतका घटना सो अवधिमा घटेका छन् । कम हुनुमा अपराधजन्य सूचनाको आदानप्रदान, लकडाउन र प्रहरीको सक्रियता बढ्नुरहेको प्रहरी उपरीक्षक चन्द बताउँछन् ।

त्यस्तै आत्महत्याका घटना घटनुको मुख्य कारण गरिबी, दीर्घरोगी, मानसिक रोगी, पारिवारीक कलह, अशिक्षा, सामाजिक सञ्जालको गलत प्रयोग, असीमित महत्वाकाक्षा, वैदेशिक रोजगारले विभाजित परिवारलगायतका कारण हुने गरेको प्रहरीको विश्लेषण छ । रासस 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्