प्रमुख जिल्ला अधिकारी ढकाल द्धारा भोटेकोशिका नागरिकसँग भेटघाट

सुशील सुवेदी
सिन्धुपाल्चोक – मौषमको प्रतिकुलताका बाबजुत पनि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भोटेकोशिका बाढि पिडितका बारेमा जानकारी लिएका छन् । उनी आफैँ पुगेर स्थलगत अनुगमन समेत गरेका छन् । साथै उनले चिनिको नेलम जिल्लाका समकंक्षिहरु सँगपनि भेटवार्ता गरेका छन् । उनले जिल्ला विपद् ब्यबस्थापन समिति बाट पठाएको राहत बास्तबिक पिडितले पाएकि पाएनन् भन्ने विषयमा चासो देखाएका थिए । भोटेकोशिका नागरिकहरु सँग कुरा गर्दै उनले आवश्यकता के छ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा बाढि पिडितहरुले गाँसको र बासको समस्या रहेको सुनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । उनले चिनियाँ समकक्षि सँग पनि जिल्लाको बाढि पिडितहरुको बारेमा जानकारी गराउँदै राहतको अपेक्षा लिएका थिए । भेटमा समकंक्षिले आफुले सकेको सहयोग गर्ने बचन दिएका छन् । विपदमा परेका नागरिकलाइ जिल्ला विपद् ब्यबस्थापन समितिले टेण्ट, त्रीपाल,र नगद १० हजार रुपिँया सहयोग गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्