लागू औषध ब्राउन सुगर सहित एक युवक पक्राउ

मुकेश कुमर यादब,  सिरहा

सिरहामा लागु औषध ब्राउन सुगर सहित एक जना लाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय गोलबजार प्रहरी निरीक्षक जनक पुरिको कमान्डमा खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं .१ बस्ने बर्ष ३३ को अरुण कुमार पुर्वेले आफ्नै घर कोठामा बिक्री बितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने प्लाष्टिकको पोकामा धुलो पदार्थ तौल गर्दा १ ग्राम ३०० मिलिग्राम र लागु औषध गाजाँ प्लाष्टिकको पोकामा ५५ ग्राम १४० मिलिग्राम समेत फेलापारी पुर्वे लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्