नेपालमा थप एक जनाको कोरानाबाट मृत्यु, मृतकको संख्या ४१ पुग्यो

सांकेतिक तस्बिर

विराटनगर – नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीया एक पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ जना पुगेको छ ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।

ती पुरुषको गएराती अन्त्यष्टि गरिएको छ । उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्