लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिए

FILE PHOTO

लमजुङ – लमजुङमा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नं. १ मा पहिरो जाँदा कम्तिमा १० घर पुरिएका हुन् । केही दिनदेखि परिरहेको अविरल वर्षापछि पछि पहिरो गएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ ।

हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्