सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला, बम भएको आशंका

कैलाली – सुदूरपश्चिम प्रदेशका तीन मन्त्रालय र प्रदेश भवन अगाडि शंकास्पद वस्तु फेला परेका छन् ।

प्रदेशको अस्थायी राजधानी धनगढीमा ती मन्त्रालय र प्रदेशसभा भवन नजिक कुकुरबम जस्तै देखिने वस्तु फेला परेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिस्टले बताए ।

अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले सँगै रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अगाडिको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरेको छ । धनगढीमा प्रहरीले अहिले सुरक्षा व्यवस्था कडा पारेको छ । बम कसले र किन राखेको भन्ने खुलेको छैन् ।

आज नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । आफ्ना सुदूरपश्चिम प्रदेश इन्चार्जसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग सहित उनीहरूले बन्द आव्हान गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्