गण्डकीमा २४ जना कोरोना संक्रमित थपिए, कुल संख्या १३ सय नाघ्यो, निको कति भए ?

कास्की – गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । आइतबार प्रदेशभरि २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ३२० पुगेको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबारमात्रै गण्डकीका ६ जिल्लामा कोरोना संक्रमित थपिएको जनाएको छ । पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने जिल्लामा लमजुङ र कास्कीका १२ जना छन् । जसमध्ये लमजुङका ६ र कास्कीका ६ जना रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ । निको हुने संक्रमितको संख्या ९ सय ३८ छ । कुल संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरामा उपचारका क्रममा स्याङजाका २ जना, गोरखामा एक जना र बागलुङका एकजनाको क्वारेन्टिनमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्