जवरजस्ती करणि अभियोगमा एक युवक पक्राउ

सिरहा-  इलाका प्रहरी कार्यालय मिर्चैयाले जवरजस्ती करणि अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालीका ७ प्रेमनगरका २१ वर्षिय राजेश राउले मामाली आएकी १४ वर्षिय किशोरीलाई ललाईफकाई जवरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।

धनुषा घर भई मामाली आएकी किशोरीलाई आफ्नै घरमा ल्याई जवरजस्ती करणी गरेको सार्वजनिक भएपछि गाउँमै घटना मिलाउन लागेपछि प्रहरीले जानकारी पाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । प्रहरीले जानकारी पाउनसाथ गाउँबाटै युवकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले किशोरी र युवक दुवैलाई चिकित्सकिय जाँचको लागि जिल्ला अस्पताल लगेको बताए । डिएसपी जयसवालले भने, ‘घटनाको किटानी जाहेरी परीसकेकोले आवश्यक जाँचको लागि अस्पताल पठाएका छौं, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्