गोकुलेश्वर मावि नमुना विकासका लागि छनौट

गणेशसिंह धामी
दर्चुला – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दार्चुला जिल्लाको एक मात्र गोकुलेश्वर माविलाई नमुना विकासका लागि छनौट गरेको छ । यससँगै गोकुलेश्वर माध्यमिक विद्यालय नमुना विकासका लागि छनोट भएको हो ।

केन्द्रले देशभरका एक सय विद्यालय नमुना विकासका लागि छनौट गरेको हो । क्रममा शैल्यशिखर नगरपालिका ९ मा रहेको गोकुलेश्वर मावि सहित सुदूरपश्चिमका १६ विद्यालय परेका छन् । जुन विद्यालय विसं २०१७ सालमा स्थापना भएको हो । छनौट हुनेमा बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ जिल्लाका दुई/दुई विद्यालय रहेका छन् भने दार्चुला र अछामका एक/एक विद्यालय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्