सुदूरपश्चिम प्रदेशका १६ विद्यालय नमुना विकासका लागि छनौट (नामावली सहित)

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका १६ वटा विद्यालय नमुना विकासका लागि छनौट भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सुदूरपश्चिमका ९ वटै जिल्लाका १६ वटा विद्यालयलाई नमुना विकासका लागि छनौट गरेको हो ।

यसरी छनौट हुनेमा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र बैतडीका दुई÷दुई विद्यालय रहेका छन् भने दार्चुला र अछामका एक÷एक विद्यालय छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिका १ मा रहेको बसन्तमुरारी माध्यमिक विद्यालय र जोशीपुर गाउँपालिका १० को रघुनाथ आर्दश माध्यमिक विद्यालय, कञ्चनपुरको पुर्नवास नगरपालिका १० को पुर्नवास माध्यमिक विद्यालय र लालझाडी गाउँपालिका १० को शारदा राष्ट्रिय माध्यमिक विद्यालय रहेका छन् । यस्तै डडेल्धुराको अमरगढी नगरपालिका–७ को उग्रतारा माध्यमिक विद्यालय र अजयमेरु गाउँपालिका–१० को बालकल्याण माध्यमिक विद्यालय, डोटीको शिखर नगरपालिका–९ मा रहेको सिताराम माध्यमिक विद्यालय र बोगटान फूडसिल गाउँपालिका ७ को खत्याडी माध्यमिक विद्यालय नमुना विकासका लागि छनौट भएका हुन् ।

यस्तै बझाङको केदारस्यु गाउँपालिका–९ को भैरव माध्यमिक विद्यालय र मष्टा गाउँपालिकाको कुल मष्टजन माध्यमिक विद्यालय, बाजुराको खप्तडछेडेदह गाउँपालिकाको मष्टेश्वरी माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–३ मा रहेको बालविकास माध्यमिक विद्यालय पनि नमुना विकासका लागि छनौट भएका छन् ।

यस्तै बैतडीको पुर्चौडी नगरपालिकाको डिलेश्वरी माध्यमिक विद्यालय र डिलासैनी गाउँपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिका–५ को जनता माध्यमिक विद्यालय र दार्चुलाको शैल्यशिखर ९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालय पनि छनौट भएको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले जनाएको छ ।
केन्द्रले देशभरका एक सय विद्यालय नमुना विकासका लागि छनौट गर्ने क्रममा सुदूरपश्चिमका १६ विद्यालय परेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्