बुधबार थप १ सय १६ जनामा कोरोना पुष्टि, कुन प्रदेशमा कति ?

काठमाडाैँ – नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ सय १६ जनामा कोरोना पुष्टि भएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ । यस्तै अहिलेसम्म कोरोना सक्रिय रहेको संख्या ६ हजार १ सय १४ रहेको छ । जसमा आज संक्रमित हुनेको संख्या प्रदेश नं. १ मा ३ जना, प्रदेश नं. २ मा २४ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं. ५ मा १ जना, कर्णाली प्रदेशमा ४० जना र सुदूरपश्चिम प्रदेशमा २ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म क्वारेन्टाइनमा २४ हजार ५ सय २७ जना रहेका छन् भने ६ हजार १ सय १३ जना रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्