बाढी पिडित लाई ५ लाख सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिकाको निर्णय

सुशिल सुवेदी, सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउपालिकालाई रु २ लाख र बाह्रबिसे नगरपालिकालाई रु ३ लाख गरि रु ५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।
असार २४ गते राति आएको अविरल बर्षाका कारण भोटेकोशी गाउपालिका र बाह्रबिसे नगरपालिकाको बिभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानबिय र भौतिक क्षति भएको यस दुखद घडिमा पिडितहरुलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी गाउपालिकालाई रु २ लाख र बाह्रबिसे नगरपालिकालाई रु ३ लाख गरि रु ५ लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख अमान सिङ तमाङले जानकारी दिए । पहिरोमा पारी ३ जनाको मृत्यु भएको थियो भने २० अझै बेपत्ता छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्