भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना पुष्टि

भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेख बच्चन दुवैलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
अमिताभ र अभिषेख बच्चन दुवै जनाले आफूहरुलाई कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको ट्विटरबाट सार्वजनिक गरेका छन् । शनिबार बेलुका पहिले अमिताभ बच्चनलाई पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
अमिताभ बच्चनले आफ्नो परिवारका सदस्य र स्टाफहरुको परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताएका थिए भने आफूसँग नजिकको सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।
त्यसलगत्तै अभिषेखले आफूलाई पनि संक्रमण पुष्टि भएको जानकारी ट्विटरबाटै दिएका छन् ।
अभिषेखले आफूहरु दुवैजनालाई सामान्य (माइल्ड) लक्षण देखिएको र त्यसका कारण कोही पनि आत्तिनु नपर्ने भन्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्