शैल्यशिखरले कोरोना रोकथाममा गर्यो तीन करोड १७ लाख बढी खर्च सार्वजनिक

गणेशसिँह धामी, दार्चुला

दार्चुलाको शैल्यशिखर नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा ३ करोड १७ लाख १९ हजार ४९६ रुपैया खर्च गरेको विवरण सार्वजनिक गरेको छ । शैल्यशिखर नगरपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाताबाट उक्त रकम खर्च भएको हो ।
जसमा राहत वितरणमा ८२ लाख ३९ हजार २०५ रुपैया, क्वारेन्टाइन व्यवस्थापनमा ६८ लाख ५५ हजार ७१२ रुपैया, सवारी साधन भाडा तथा इन्धनमा ११ लाख ८८ हजार ७४१ रुपैया खर्च गरेको छ ।
यस्तै स्वास्थ्य तथा अत्यावश्यक सामाग्री खरिदमा ८५ लाख १० हजार ५२१ रुपैया, प्रोत्साहन तथा जोखिम भत्ता लगायत शिर्षकमा ४० लाख ४६ हजार ७३५ रुपैया, आर्थिक सहायता शिर्षकमा १ लाख ७५ हजार रुपैया र विधिब खर्च अन्तरगत २७ लाख तीन हजार ५८० रुपैया गरी कुल तीन करोड १७ लाख १९ हजार ४९६ रुपैया खर्च भएको शैल्यशखिर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्