तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेपछि ४२ घर डुबानमा

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोक बजारमा सेती नदी पसेको छ । लगातारको वर्षाले सेती नदी उर्लिएर बढेको छ । सेती र सुरौंदी खोलासमेत पुल्चोक बजारमा पसेपछि ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का २८ घर र वडा नम्बर ८ का १४ घरमा डुबानमा परेपछि १ सय ५० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘सेती नदी बसेर बस्तीभित्रै छिरेपछि त्यहाँका वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । केही चौपायालाई बगाएको पनि छ । नेपाली सेना र प्रहरीसँगै जनप्रतिनिधि पनि डुबानमा परेको क्षेत्रमा खटिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्