स्कुलमा झुन्डिएको अवस्थामा युवतिकाे शव फेला, हत्याको आशांका

मुकेशकुमार यादव
सिरहा – सिरहाको गोलबजार नपा ४ निपानेगाँउमा रहेको चिल्ड्रे एजुकेशनल एकेडेमिमा बुधबार बिहान झुन्डिएको अबस्थामा एक युबतिको शब फेला परेको छ । अघिल्लै दिन अपरान्ह ४ बजेदेखि हराइरहेकी गोलबजार नपा ५ का राम जुलुम साहका छोरी करिव १५ बर्षिया पुन्टि साह रहेको प्रहरीले जनाएको छ ।

स्थानीले विहान शव देखेलगतै प्रहरीलाई जानकारी गराएको थियो । घटना जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय गोलबजारका इन्चार्ज जानक पुरी घटनास्थल पुग्दा स्कुलको कक्षाकोठामा युवतिको शब झुन्डिएको अबस्थामा फेला परेको बताए । प्रहरीले स्कुलको सि.सि.टिभिको फुटेज चेकगर्दा मंङलबार दिउँसो ४ बजे किशोरी सँगै अर्का एकजना केटा पनि देखिएको जनाएको छ । त्यही फोटोका कारण घटना संस्कास्पद भएको प्रहरीको भनाई रहेको छ ।

सिसिटिभी क्यामेरामा देखिएको भनेका राजु कुमार साहलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्सपेक्टर पुरीले बताए । शव पोष्टर्माटमको लागि लाहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान भईरहेको भन्दै पोष्टमार्टम रिर्पोट आएपनि मात्र हत्या हो कि होइन भन्ने कुरा खुल्ने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्