‘बाह्रबिसे क्षेत्रमा सरकारले छिटो उद्धारटोली परिचालन गरोस्’ – देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

साथै देउवाले सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन भनेका छन् । देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’

सिन्धुपाल्चोकमा आएको बाढीले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । दुई जनाको शव भेटिएको छ भने केही बेपत्ता छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्