कञ्चनपुरमा छिमेकीको हत्या गरेर फरार भएका एक जना पक्राउ

सांकेतिक तस्बिर

मुकेश प्रसाद जोशी
कञ्चनपुर – कञ्चनपुरको पुनर्वासमा आफ्नै छिमेकीको हत्या गरि फरार भएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति करिब ११ बजे तिर धारिलो हतियार प्रहार गरी छिमेकीको हत्या गरेर फरार रहेका ४१ वर्षीय गोरे भनिने गौरव बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनी भानुबस्तीमा बसोबास गर्दै आएका ४७ वर्षीय छिमेकी गोपाल कुँवरको हत्या गरि फरार भएका थिए । छिमेकी कुँवरको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेका उनी त्यसपछि फरार भएका थिए तर प्रहरीले खोज्दै जाँदा जाँदा सोमबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ बाट उनलाई पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्