शुक्लाफाँटा नगरपालिकामा गुरुको सम्मानमा दीप प्रज्वलन गरि गुरु पुर्णिमा मनाइयो

मुकेश प्रसाद जोशी
कंचनपुर – कंचनपुरको शुक्लाफाँटा नगरपालिकामा गुरूको सम्मानमा दिप प्रज्वलन संगै योग अभ्यास गरि गुरु पुर्णिमा मनाईएकोछ । गुरूको विना ज्ञान नहि ज्ञान योग विना जिवन नहि भन्ने मुल नाराका साथ पतंजलि योग समिति शुक्लाफाँटाको आयोजनामा गुरु पुर्णिमा मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा पतंजलि युवा नेपाल कंचनपुरका अध्यक्ष शिवराज पनेरूले सत्यको मार्गमा हिडाउन खोज्ने शिष्यको सफलतामा आफ्नो खुसी देख्ने निस्वार्थि व्यक्ति नै गुरूको श्रेणीमा पर्दछ । योग गुरूहरू पनि योगका माध्यम वाट मानिसको आहार विहार व्यवहारमा आमुल परिवर्तन गरि सकारात्मक सोचको विकास गरि स्वस्थ समाज समृद्ध मुलुक निर्माणमा निस्वार्थ भावले लागिरहेकाले गुरु पुर्णिमाका दिन योग गुरूहरू प्रती नमन गरिएको वताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्