चितवनमा पनि फेसबुक लाइभ गरेर एक युवतीले आत्महत्या गरिन्

चितवन — सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी छन् । केही दिनअघि दाङमा पनि यस्तै घटना भएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार राति पौने ९ बजेतिर भरतपुरको स्याउली बजारमा एकजना १९ वर्षीया युवतीले झण्डिएर आत्महत्या गरेकी हुन् । उनले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभास भट्टले जानकारी दिए ।

घटनास्थल चितवन जिल्ला प्रहरी कार्यालयबाट लगभग पाँच सय मिटर दक्षिणमा पर्छ । आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्