प्रधानमन्त्री ओलीको समर्थनमा युवाहरुद्वारा भक्तपुरको सूर्यविनायकमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुले भक्तपुरको सूर्यविनायकमा प्रदर्शन गरेका छन् । शुक्रबार बिहान युवाहरुले सूर्यविनायक चोकमा देश र जनतासँग मत माग्दा स्थायी सरकार बनाउने वाचाविपरीत सरकार गिराउने खेल भएको भन्दै प्रदर्शन गरेका हुन् ।

सूर्यविनायकमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् ।
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठाइरहेका बेला सडकमा युवाहरु समर्थन गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्