मालिकार्जुनमा १ बर्षदेखि स्काइभेटर वेवारिसे अवस्थामा, उपाध्यक्ष भन्छन् कार्यपालिकाले असहयोग गर्‍याे

गणेश सिंह धामी , दार्चुला

स्थानीय तहको निर्वाचन भए लगत्तै स्थानीय जनप्रतिनिधिहरुले गाउँ–गाउँमा सडक पुर्याउने उद्देश्यले स्काइभेटर किन्ने होडबाजी नै चलेको थियो तर स्काइभेटर किनेको २ वर्ष पुरा नहुदै मालिकार्जुनमा स्काइभेटर वेवारिसे अवस्थामा देखिएको छ । मालिकार्जुन गाउँपालिकाले २०७५ सालमा खरिद गरेको स्काइभेटर अहिले वेवारिसे बनेको हो । गाउँपालिकाले करिब १ करोड लगानीमा स्काइभेटर किनेको थियो । स्काइभेटर गत असारदेखि सडकमै अलपत्र अवस्थामा रहेको छ । स्काइभेटर ऐरिछिनामा वेवारिसे अवस्थामा छ भने स्काइभेटरको एकतर्फको सिसा माटोले पुरिएको छ ।
यस विषयमा मालिकार्जुन गाउँपालिकाका उपाध्यक्ष तथा यान्त्रिक उपकरण सञ्चालन समितिका संयोजक पुष्पा अवस्थीसँग बुझ्दा आफुले पटकपटक मेसिन व्यवस्थापन गर्न पहल गरेपनि कार्यपालिकाले असहयोग गरेका कारण वेवारिसे अवस्थामा सडकमै थन्किएको बताए । उनले मेसिन विग्रिएको र मर्मत गर्न कार्यपालिकाबाट बजेट बिनियोजन नहुदाँ थप समस्या भएको बताए । यो जिम्मेवारी केवल उपाध्यक्षको मात्र नभई सम्पूर्ण जनप्रतिनिधिको हुने भएकाले सबैले चासो दिनुपर्ने बताए । मेसिन एक दुई दिन भित्रै मर्मत गरि सञ्चालन ल्याइने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्