नेपालमा २ हजार ६१ बालबालिकाहरुमा कोरोना संक्रमण, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बताए ।
हालै मात्रै सुदूरपश्चिम प्रदेशमा मात्रै १ सय ७५ जना बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको उमेर ९ वर्षभन्दा कम रहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका सबै बालबालिकाहरु आफ्ना आमाबुवासँगै भारतबाट फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

कोरोना संक्रमणबाट मुलुकका केही स्थानहरुमा बालबालिकाहरुको समेत मृत्यु भएकाले उनीहरुलाई संक्रमणबाट जोगाउनका लागि आमाबुवा र अभिभावकको मुख्य जिम्मेवारी हुने गौतमले बताए । बालबालिकाहरुलाई कोरोना संक्रमण हुन नदिन उनीहरलाई सकेसम्म घरमै राख्‍ने र भीडभाडमा जान नदिन प्रवक्ता गौतमले आग्रह गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्