नेकपा अध्यक्ष प्रचण्ड सहित अन्य नेताहरुले मागे प्रधानमन्त्री ओलीको राजीनामा

सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै अरु वरिष्ठ नेताहरुले समेत ओलीको राजीनामा मागेका हुन् ।
मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिन दबाव दिएका हुन् ।
बैठककमा अध्यक्ष प्रचण्ड कडारुपमा प्रस्तुत हुनुभएको थियो । उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए ।
त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै सरकार र पार्टी दुबैमा असफल भएकोले आँफैले राजीनामा मागेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्