सुदूरपश्चिममा थपिए १२१ जना कोरोना संक्रमित, कुल संख्या २ हजार ४५७ पुग्यो

काठमाडौँ – सुदूरपश्चिममा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुदूरपश्चिम प्रेदेशमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार बाजुरामा ५१ जना, अछाममा २८ जना, डोटीमा ३० जना, कैलालीमा ५ जना, बैतडीमा ४ जना, डडेल्धुरामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै सुदूरपश्चिममा संक्रमतिको संख्या २ हजार ४ सय ५७ जना पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्