नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौँ – मंगलबार एकै दिन ३१६जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कारोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
जसमा प्रदेश नं. १ मा आज १२ जना थपिएसँगै कुल संख्या ५९५ पुगेको छ भने प्रदेश नं. २ मा आज थपिएका ८२ जनासँगै ३ हजार ७९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसै गरी बाग्मती प्रदेशमा आज थपिएका १६ गरी ४२८ जनामा संक्रमण पुष्टि भएको छ, भने गण्डकी प्रदेशमा आज थपिएका २५ जना सँगै १हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसै गरी प्रदेश नं. ५ मा आज थपिएका ४७ जना गरी ३ हजार ८०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कर्णाली प्रदेशमा आज १३ जना थपिए सँगै कुल संख्या १ हजार ४६६ पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा आज थपिएका १२१ जना थपिए सँगै जम्मा संख्या २ हजार ४ सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्