थप ३१६जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ – मंगलबार एकै दिन थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४पुगेको छ । जसमा १ हजार ६५७ जना महिला र ११ हजार ९०७ पुरुष गरि जम्मा १३ हजार ५६४ जनामा संक्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्