पीसीआर परीक्षण दायरा बढाउन नेपाली काँग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले क्वारेन्टाइनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ ।

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।

क्वारेन्टाइन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोनाबाहेक अन्य स्वास्थ्य समस्या भइका बिरामीहरुले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले पालिकालाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको उनले बताए ।

भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरी काम अघि बढाएको बताए ।

महतको नेतृत्वमा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, मोहनबहादुर बस्नेत, चन्द्र भन्डारी र गगनकुमार थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकीले मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर कोरोनाको सङक्रमण नियन्त्रणका लागि भइरहेको प्रयास र सुधार गर्नुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्