सिन्धुपाल्चाेककाे पाँचपोखरीमा रोपाइँ महोत्सव

सुशील सुवेदी, सिन्धुपाल्चाेक

धान उत्पादन वृद्दि, आत्मानिर्भता र समृद्दि” नाराका साथ पाँचपोखरी थाङपाल गाउँपालिकामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका कृषि शाखाको आयोजनामा भएको रोपाई महोत्सवमा गाउँपालिका प्रमुख टासी लामाको आतिथ्यतामा करिव १५ रोपनी खेतमा रोपाई गरिएको थियो।

असार १५ किसानहरुको मुख्य दिवस भएको र संघीय सरकारले २०६१ साल देखि राष्ट्रिय पर्वको रुपमा यस दिनलाई चाडकै रुपमा मनाउँदै आएकोमा यस वर्ष पनि सो दिवस मनाइएको हाे ।

त्यस्तै गाउँपलिकालाई पर्यटन र निर्वाहमुखी नभई उत्पादनमुखी कृषिको केन्द्र बनाउने अभियान अन्तर्गत यो दिवस तथा महोत्सव आयोजना गरिएको गाउँ पालिका अध्यक्ष टासी लामाले जानकारी दिएका छन।

सो महोत्सवमा गाउँ पालिकाका वडा अध्यक्ष ,सल्लाहकार ,कर्मचारी तथा स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्