ट्रमा सेन्टरमा उपचाररत जयन्तीको अप्रेसनका लागि केशर भण्डारीले गरे सहजीकरण

काठमाडौँ – ट्रमा सेन्टरमा उपचाररत दार्चुलाको शैल्यशिखर नगरपालिका–४ की जयन्ती ठगुन्नाको अप्रेशनको लागि दिलेन्द्र प्रसाद बडूका स्वकीय सचिव केशर भण्डारीले सहज व्यवस्था गरिदिएका छन् ।

शैल्यशिखर नगरपालिका–४ रानीशिखर काँडापारीका अर्जुन ठगुन्ना की १४ बर्षीया छोरी जयन्ती ठगुन्ना जेठ १६ गते जङ्गलमा बाख्रा चराउने क्रममा गम्भीर घाइते भएकी थिइन् । उनका दुवै खुट्टा र एउटा हात भाँचिएको छ । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो । गम्भीर घाइते जयन्तीको पारिवारिक अवस्था निकै नै कमजोर भएको हुनाले उपचार गर्न नै मुस्किल भएको “गाऊं निर्माणमा हाम्रो पहल अभियान“ रानीशिखर ,कांडापारी दार्चुलाका संस्थापक सदस्य बिष्णु सिंह बोहराले जानकारी दिनु भएको जानकारी दिए ।

केहि दिन अगाडी “गाऊं निर्माणमा हाम्रो पहल अभियान“ ले सामाजिक सञ्जाल मार्फत जयन्ती ठगुन्नाको जीबन रक्षाको लागि सहयोग आह्वान गरेको थियो । अभियानकै पहलमा विभिन्न सहयोगी व्यक्तित्वहरूले अभियान मार्फत जयन्तीको उपचार का लागी २ लाख ५० हजार जति सहयोग रकम पठाएका थिए । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार सम्भव नभएपछि उनलाई काठमाण्डौं रिफर गरिएको थियो । जयन्तीको अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्