कपिलवस्तुका केहि स्थानमा सलहको ठूला झुण्डहरु देखिए

काठमाडौं – कपिलवस्तुका केहि स्थानमा सलहको ठूला झुण्डहरु देखा परेका छन् ।

कपिलवस्तु, बुद्धभूमी र शिवराज नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

कपिलवस्तुमा करिब ८ देखि १० लाखभन्दा धेरै संख्यामा आइतबार अपरान्हमा सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको अनुमान छ । उक्त नयाँ समूह जंगलमा बसेको जनाइएको छ ।

शनिबार सलहको झुण्ड नेपाल प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले सलह साना–साना झुण्डमा छुटिटएर नेपाल प्रवश गरेको बताए पनि अब भने ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्