कञ्चनपुरमा स्थानीय पूर्वाधार विकास साझेदारीकाे १ कराेड रकम काेराेना राेकथाममा खर्च गरिने

कञ्चनपुरका तीन स्थानीय तहमा कोभिड–१९ (कोरोना) रोकथामा, नियन्त्रणका लागि थप १ करोड रकम खर्च प्राप्त हुने भएको छ ।
कञ्चनपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य नर बहादुर धामीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत बेदकोट नगरपालिकाका लागि विनियोजित १ करोड रकमको योजना ठेक्का सम्झौता हुन नसक्ने भनी जिल्ला समन्वय समितिमा परिपत्र भएपछि उक्त रकम कोरोना रोकथाम, नियन्त्रण, निदान र उपचारका काममा खर्च गरिन लागेको हो ।
आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरले उक्त रकम कोरोना रोकथामका लागि निर्देशक समितिको निर्णय भएको जानकारी गराउदै परिपत्र गरेको छ ।
जसमा कञ्चनपुरका तीन स्थानीय तह कृष्णपुर नगरपालिकामा ३४ लाख, शुक्लाफाँटा नगरपालिकामा ३३ लाख र बेदकोट नगरपालिकामा ३३ लाख विनियोजन गरिने निर्देशक समितिको निर्णय भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्