ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गयाे

ललितपुरमा कोरोना सङ्क्रमित एक युवकको ज्यान गएको छ । गएराति स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्