‘दासताको जन्जिरमा महिलाहरु’

प्रितिमा चौधरी, दाङ

देश, समाज, धर्म, लिङ्ग, जाति, राजनीति र संस्कृतिलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने अथवा एक्काइसौं सताब्दीको मध्यावधिमा हेर्दा देशको अवस्था नाजुक नहुनु पर्ने हो र लैङ्गिक असमानता नहुनु पर्ने हो । नेपाल सदियौं देखि नै पुरुष प्रधान देशको रूपमा चिनिदै आएको पितृ सत्तात्मक राज्य देखि नै महिलालाई दासताको जन्जिरमा बाध्दै त्यही अनुरुपको चेतना र शिक्षा दिइदै आएरहेको हाम्रो समाज अझै पनि त्यही संकिर्ण चेतनामा आधारित छ । आधुनिक या भनौं वैज्ञानिक युग हो अहिलेको वर्तमान युग जहाँ कुनै भेदभाव नहुनु पर्ने हो लैङ्गिक असमानता नहुनु पर्ने हो जातिय विभेद नहुनु पर्ने हो तर अहिलेको समाज वैज्ञानिक समाज नभई उही परम्परागत समाजमा अड्किएको छ । इतिहासमा हेर्दा समाज केही हद सम्म त परिवर्तन भएको छ, यद्यपि पूर्ण रूपले परिवर्तन हुन सकेको छैन । १९औं सताब्दी सम्म पनि विश्वका विकसित मुलुकहरूमा महिला अधिकार, समानता र स्वतन्त्रताबाट बञ्चित र कुन्ठित अवस्थामा रहेको पाइन्छ । त्यस्तै बीसौं सताब्दीको सुरुवात सँगै युरोपियन मुलुकमा विकासको व्यापकता सँगसँगै क्रान्तिकारी विचारधाराको विकास पनि तिब्र रुपमा भयो ।

विश्वमा विज्ञान र प्रविधिको विकास, उत्पादनमा वृद्धि सँगै श्रमिक र पूँजीपति वर्गहरूको पनि विकास हुन थाल्यो । पूँजीपति वर्गहरूको आफ्नो ढुकुटी र आवश्यकता अनुरूप श्रमिकहरुको श्रमलाई अत्याधिक मात्रामा शोषण दमन गरी नाफा कमाउने होडबाजी गर्न थालियो । यस्तो शोषणको प्रतिवाद गर्दै श्रमिकहरू आफ्नो श्रमको उचित मूल्य, आराम आधारभूत अधिकारको लागि सडकमा उत्रिए ।त्यस समयमा महिलाहरु सीमित संख्यामा मात्र रोजगारीमा सामेल थिए । सार्वजनिक क्षेत्रमा महिलाहरुको सहभागीता सुन्य थियोे । यही परिवेशमा महिलाहरुले सार्वजनिक क्षेत्रमा प्रवेश पाउनु पर्ने, रोजगारीको अधिकार, मताधिकार जस्ता कुरा उठाउन थाले । सन् १९०८ मा महिलाहरु माथिको दमन दिनमा १८ घण्टा भन्दा बढी काम गर्नु पर्ने बाध्यात्मक अवस्था र असमानता जस्ता कुराहरुको विरोध गर्दै महिलाहरु बोल्न र क्रियाशील हुन थाले र आन्दोलन पनि सफल भयो । त्यही अनुरुप विश्वभर आजसम्म अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइरहेको छ । राणाकाल, पञ्चायतकाल, बहुदल देखि महिलालाई दास अनि वस्तुको रूपमा हेरिएको थियो पुरुषको अधीनमा बस्ने, महिला घरको कामकाज गर्नको लागि प्रयोग गर्ने भन्ने मानसिकता थियो । महिलाहरु बाहिर जान नपाउने, शिक्षा हासिल गर्न नपाउने जस्ता सोचको साथसाथै महिला लाई अत्याचार र दमनको जन्जिरले बाँधेका थिए । त्यतिबेला पूँजीपति वर्गले महिलालाई मनोरञ्जन गर्ने वस्तुको रूपमा प्रयोग गरे र अहिले पनी निरन्तर जारी छ । दमन अत्याचारले गर्दा नै क्रान्तिकारी विचारधारा को विकासलाई आत्मसात गर्दै ५२ सालमा समानता, न्याय, स्वतन्त्रता, महिला अधिकार, जातीय विभेद अन्त्यको निम्ति क्रान्तिकारी आन्दोलनमा लामबद्ध भई जनयुद्दमा हाम फाले । अहिलेको लोकतन्त्र र २१ औं सताब्दीमा पनि महिलाहरु दिन प्रतिदिन बलात्कार, जातिय विभेद र घरेलू हिंसाको चपेटामा परीरहेका छन् ।

हजारौं भन्दा बढी महिलाहरु बलात्कार भए जातिय विभेद कै कारण कति महिला मारिए, दाइजो प्रथाकै कारण जिउँदै जलाईयो घरेलू हिंसाबाट अझै पनि कति पीडित छन् महिलाहरु यसको स्वरूप हो पूँजीपति वर्ग र अचेतन कै कारण महिलाहरु दिनप्रतिदिन मृत्युको सिकार बनिरहेका छन् । इतिहास हेर्दा अहिलेको स्थितिमा चाँहि महिलाहरुले केही मात्रामा स्वतन्त्रता पाएको हो । शिक्षामा हेर्दा या राजनीतिमा हेर्दा महिलाहरु केही मात्रामा अधिकार पाएको देखिन्छ । यद्यपि अझै पनि समानता छैन । संविधानमै लेखेको किन नहोस् तर महिला अझै पनि घरेलू हिंसा र विभेदले प्रताडित छन् । इतिहासमा द्वारिका ठकुरानी जस्ता एसियाकै पहिलो महिला मन्त्री बन्न पनि सफल भएका छन् । नहुने होइन महिलाहरुले इतिहास रचेकै छन तर पुरुष प्रधान समाज अझै पनि प्रभावी छ । विज्ञान र प्रविधि विकास भएपनि अझै पनि चेतना अभिवृद्धि हुन सकेको छैन । महिलालाई हेर्ने दृष्टिकोण पितृसत्तात्मक सोचमा आधारित छ । अझ भनौ पुरुषले सांस्कृतिक मामिलामा महिलालाई यौन भोगको रूपमा लिएको पाइन्छ तर महिला लाचार भएर सहनु पर्ने जस्तो भइरहेको छ र अहिलेसम्म पनि भइरहेको छ । आखिर कहिले यो समाज परिवर्तन हुने हो ? महिलालाई अधिकार सम्पन्न भएर बाँच्न पाउने अधिकार छैन ? पुरुषको गल्ती किन न होस् तर यो समाजको हेर्ने दृष्टिकोणका कारण महिलालाई कहिले नमेटिने दाग र मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ । समाजको हेर्ने नजरिया फरक भएको कारणले समाजमा महिलाले धेरै अत्याचार सहनुपरने र साँघुरिएर बस्नपर्ने बाध्यता सिर्जना भएको छ । अहिलेको सताब्दीमा शिक्षामा विकास, चेतनाको विकास धेरथोर भएतापनि महिलालाई रासलीलाको रूपमा हेर्दै शारीरिक, मानसिक स्तरमा निकै नै कमजोर बनाएका छन् । महिला कुनै वस्तु होइन, महिला कुनै मनोरञ्जन दिने साधन होइन, महिला जननी हुन महिला पुरै पृथ्वी लाई धान्न सक्ने साहसी महिला हुन् तर सामाजिक असमानता कै कारण आज महिलाहरु पुरुषहरुको दास र विक्रि गर्ने बस्तुकोरुपमा पशुतुल्य जीवन जिउन विवश छन । मानव भएर पनि पशुतुल्य नरकीय जीवन जिउन विवश छन् । अझ कुरुर यातना सहित महिलाहरु हर बखत पुरुषरुपि राक्षेषि दानवहरुको रसलिला भर्ने चाहनाहरु पनि बनेकै छन । त्यति मात्रले पनि पुगेन सभ्यताको जननि जसले सम्मानको साटो मानव सभ्यतामा खलल पुर्याउने गरी बाँचेर पनि मारितुल्यु बनाई जीवन लाई नै स्खलित बनाई दिएका छन् । जसको गल्ती नैं छैन उसैलाई नै दोष दिई मानव जातिमा आउने जति हरेक विगारा काम र विपतको कारक नै भएको निकृष्ट आरोपको भरमा सजायभोग्नु पर्ने उनै महिला ।

पीडा त थियो नै तर समाजका उनी जस्तै महिलाहरु बाटै पनि पीडित भइरहेका छन् । नारीले नारीलाई नै सम्मान गरेन भने संसार कसरी चल्ने हो महिलादिदी बहिनीहरूले पनि सोच्न जरुरी छ र सोचलाई बदल्न जरुरी छ । कथित बोक्सीको आरोप, दलित महिला भएकै कारण, नरकीय जीवन बिताइरहेका छन् । अनि महिला मुक्ति र समानताको सपना कसरी पूरा हुन्छ ? उही समाजकै पितृसत्तात्मक सोचले आज महिलालाई आत्मसम्मानमा ठेस लाग्ने गरी सबै दोष ठोपारी नारीलाई मानसिक तवरमा र राजनीतिक रूपमा पलायन हुने गरी असमानता लाई धिक्कार्दै एउटा अँध्यारो बन्द कोठामा बस्न विवस बनाएको छ । महिला मुक्तिको खातिर नगरेको होइन संघर्ष महिलाहरुले पटक पटकको संघर्षहरुबाट नयाँ किरणको आशय दिन खोजेका छन् महान १० वर्षे जनयुद्धमा राम्रो सँग दिए र सफल पनि भए । तर आज फेरि समयले कोल्टो फेरेका छ । विगत देखि अहिले सम्म सत्ता फेरियो संरचना फेरिएन, नेतृत्व फेरियो विचार फेरिएन सोचाई फेरियो तर चेतना फेरिएन समाज फेरियो संस्कार र व्यवहार फेरिएन परिणाम मुक्ति संग्राममा महिला सहभागीता र बलिदानबाट पनि आज सम्म महिला समानताको आकार देखिएन र त समाजमा त महिला हिंसा र महिलालाई हेर्ने दृष्टिकोण बदलिएन ।

बदलिएन मुक्ति संग्रामको तुफानि भेलमा पनि समानताको पैरवि गर्ने यात्रिहरुमा पनि चेतना र दृष्टिकोण बोलिमा फेरियो व्यवहारमा फेरिएन त्यसैले पनि अझै चेतना र सस्कार संस्कृति लाई व्यवहारिक समानतामा रुपान्तरण गर्ने महासंग्रामको खाचो छ । महासंग्रामको एउटा नयाँ संकल्प र संषघोष एकीकृत जनक्रान्तिले गर्ने अठोट र आट गर्नुपर्छ । त्यस्को लागि महान सांस्कृतिक जनक्रान्ति अपरिहार्य आवश्यकता टड्कारोरुपमा आइ सकेको छ ।

महिलाहरुलाइ हेर्ने गलत दृष्टिकोण र संस्कारमा अझै पनि पुरुषहरुको मनस्थिति बदलिएको छैन । त्यसैले सोचलाई बदलौं, भेदभाव नगरौँ वैज्ञानिक समाज बनाऔं, महिला मानव सृष्टि गर्ने जन्मदाता हुन । जननिलाई दुसित बनाउने होइन सफा बनाउन जरुरि छ । त्यसको लागि पहिला महिलालाई हेर्ने दृष्ट्रिकोण सहि बनाउन जरुरि छ । दृष्ट्रिकोण सहि बनाउनको निम्ति सहि चेतनाको आवश्यकता छ । सहि चेतना वृद्धि गर्नको लागि सही शिक्षा, सहि सोच र सहि विचारको आवश्यकता छ । सहि ज्ञान र सिपको लागि आमुल रुपान्तरणको आवश्यकता छ । आमुल रुपान्तरणको लागि वर्ग संघर्षको आवश्यक छ । त्यसैले इतिहासदेखि हाल सम्म हजारौँ संघर्षहरु भएका छन । महिलाहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा संघर्षको मैदानमा होमिदै आगामी दिनहरुमा सिर ठाडो गरी गौरवका साथ महिलाहरु अघि बढ्नु जरुरी छ । महिला माथि दमन, अत्याचार र बलात्कार जस्ता जघन्य अपराधलाई बढावा दिने कारण भनेकै दलाल पुजिवाद हो र यस्को संरक्षक पनि दलाल सामाजिक फाँसिवादी सरकार ले गरिरहेको छ । त्यसैले यस्को अन्त्य विना महिला मुक्तिको सपना अधुरै रहनेछ अबको विकल्प भनेको एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी ल्याउनु हो अनि मात्र महिलाले स्वतन्त्रता र समानताको सास फेर्न पाउने छन् जातिय विभेद, लैंगिक विभेद रहित समाज हुनेछ अनि मात्र महिलाको आधा संसार आधा धर्र्ती भने झै रंगीन जीवनको खुसीका झण्डा फहराउने छन ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्