आजको मौसम : देशका केहि स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण–पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ ।

यसैगरी, महाशाखाले हाल देशमा सामान्य देखि पूर्ण बदली रहेको र देशभर केही स्थानहरुमा वर्षा भईरहेको जानकारी दिएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । यस्तै, प्रदेश १ , प्रदेश २, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्