रौतहट सदरमुकाम गौर लगायतका क्षेत्र जलमग्न

रौतहट – बिगत केहिदिन देखिको अविरल वर्षाले रौतहटको सदरमुकाम गौर लगायतका क्षेत्रमा जलमग्न भएका छन् ।

सदरमुकाम गौरको मुख्य सडक एवं भीत्री सडकमा एक फिट देखि दुई फिट सम्म जलजमग्न भएपछि साधारणलाई आवत जावतमा समेत कठिनाई भएको छ ।

सदरमुकाम गौर देखि ईशनाथ, राजपुर, परोहा एवं बौद्धिमाई नगरपालिका जाने बाटो ठप्प भएका छन् भने उनीहरु काम विशेषले सदरमुकाम आउन जान समस्या भएको छ । लगातारको वर्षा पछि नदी किनारमा बसोबास गर्नेहरुलाई स्थानिय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्