भोलीबाट सेयर बजार खुला गर्ने निर्णय (विज्ञप्ति सहित)

काठमाडौं – नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण गत चैत ११ गते लकडाउन सुरु भएसँगै बन्द भएको सेयर बजार वैशाख २ गते खुलेको थियो । तर दुई दिन कारोबार हुँदा नेगेटिभ सर्किट लागेपछि बजार फेरि बन्द गरिएको थियो ।

अब फेरि आवश्यक सुरक्षाका उपाय अपनाएर बजार खोल्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । सेयर कारोबार गर्दा लगानीकर्ताले सेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहन गरिएको छ ।

नियमित कारोबार सञ्चालनका लागि कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी व्‍यवस्था छिट्टै गर्ने धितोपत्र बोर्डले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्