बैतडीको क्वारेन्टाइनमा खाना पकाउने एक पुरुषको मृत्यु

सांकेतिक तस्बिर

बैतडी – बैतडीमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका–४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा रहेकाहरुलाई खाना पकाउने स्थानीय ५० वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कार्यालयका अनुसार रिर्पाेट आएपछि शवको व्यवस्थापन हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्