रुपन्देहीमा सलह किराको आशंका, अनुसन्धान थालियो

रुपन्देही – भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको आशङ्का गरिएको छ । सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधान समेत थालेको छ ।

भारतसँग सीमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्रमा सलह कीरा भेटिएको आशङ्कामा अनुसन्धान शुरु गरिएको निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए । कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले सलह कीरा प्रदेश ५ को रुपन्देहीमा आएको हो वा होइन भनेर अनुसन्धान थालेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्