सरकारले दियाे डडेल्धुरा अस्पताललाई कोरोना परीक्षणको अनुमति

LAB

डडेल्धुरा अस्पताललाई सरकारले कोरोना परीक्षणको अनुमति दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमति दिएको हो । सुदूरपश्चिममा धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेका बेला सरकारले डडेल्धुरा अस्पताललाई पनि अनुमति दिएको हो ।
डडेल्धुरा अस्पताललाई ह्युम्यानीटी फाउण्डेसनले कोरोना परीक्षणका लागि पीसीआर मेसिन हस्तान्तरण गरिसकेको छ । अहिले मेसिन जडानको काम भइरहेकोले जडान सकिएपछि छिट्टै कोरोना परीक्षणको काम थालिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो । यसअघि उपत्यकासहित सातै प्रदेशका २३ अस्पतालमा पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्