किन हटाइए अध्यक्षद्वय ओली र दाहालका लागि बैठक कक्षमा राखिएका साेफाहरु ?

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका लागि भिन्न सोफाहरु राखिएको भन्दै विरोध भएको छ । नेताहरुले विरोध गरेपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष बस्नका लागि मञ्चमा सोफा राखिएको थियो । अन्य नेताहरुका लागि कुर्सीको व्यवस्था थियो । दोस्रो दिनको बैठकमा नेता भीम राववले बैठक कक्षको मञ्चमा दुई अध्यक्षका लागि छुट्टै सोफा किन र कम्युनिष्ट पार्टीको बैठकमा कुर्सीमै असमानता भनेर प्रश्न गरेका थिए ।
यो सामन्तवादी प्रवृति भएको भन्दै उनले हटाउन माग गरे । उनले सोफा हटाउन माग गर्दा सबैले ताली बजाएर समर्थन गरेका थिए । त्यसलगत्तै अध्यक्षद्वयका लागि मञ्चमा राखिएका सोफा हटाईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्