भारतमा तिब्र गतिमा फैलिदै कोरोना, संक्रमितको संख्या ५ लाख नाघ्यो

एजेन्सी – भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । कोरोना संक्रमितहरुको संख्या मात्र ६ दिनमा ४ लाखबाट ५ लाख नाघेको हो । अहिले भारतमा ५ लाख ९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको वल्ड्रोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । भारतमा कोरोना भाइरस संक्रमणको पहिलो केस जनवरी ३० मा देखिएको थियो ।

यहि गतिमा अघि बढ्ने हो भने भारत विश्वमा तेश्रो सबैभन्दा बढी संक्रमित हुने देश बन्नेछ भने अर्को हप्तासम्म रुसलाई पनि पछाडि पार्नेछ । भारतमा अहिलेसम्म १५ हजार ३ सय ८ संक्रमितहरुको मृत्यु भैसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्