शैल्यशिखरकाे झुलेगढी–खोल्सी सडकबारे परेकाे रिटमा विपक्षीलाइ हाजिर हुन सर्वाेच्चकाे आदेश (पूर्णपाठ)

गणेशसिह धामी, दार्चुला

शैल्यशिखर नगरपालिकामा कानुन विपरीत ठेक्का सम्झौता गरेको भन्दै एस के निर्माण सेवा एंड सप्लायर्सका प्रोपाइटर दिवाकर जोशीले सर्वाेच्चमा दायर गरेको रिटमा विपक्षीलाई लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।
शुक्रवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले विपक्षीलाई असार १७ गते लिखित जवाफ सहित सर्वाेच्चमा हाजिर हुन आदेश दिएको हो ।
नगरपालिकाको ठेक्का नम्बर ११/०७६/७७ झुलेगढी–खोल्सी सडक स्तरोन्नतीको सन्दर्भमा रिट परेको थियो ।

विद्युतीय प्रणालीबाट ठेक्का खोल्ने कानुनी प्रावधान रहेपनि नगरपालिकाले ठेक्कामा मिलेमताे गर्ने मनस्थितिले कागजी प्रक्रिया पुरा गरि ठेक्का खाेलेकाे एस के निर्माण सेवा एंड सप्लायर्सका प्रोपाइटर जोशीले बताए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्