बजारमा पाइने जुस कति हानिकारक ? ध्यान दिनुपर्ने कुराहरु …

स्वस्थ्य, तन्दुरुस्त हुनका लागि फलफूल खानुपर्छ भन्ने सबैमा चेतना छ तर थरीथरीका फ्लेबर, थरीथरी ब्रान्डको जुस बजारमा उपलब्ध छन यस्ता फ्रुट जुसले स्वास्थ राम्रो हुन्छ भन्ने लाग्छ, स्वादिलो हुन्छ भन्ने लाग्छ । बुढापाका, रोगी, बालबच्चालाई दिने सर्वोत्तम पेय पनि यही हो भन्ने हामीलाई लाग्छ । तर, तयारी अवस्थामा आउने यस्ता प्याकेट बन्द फ्रुट जुस कति स्वस्थ्यकर होला ? यसले शरीरलाई लाभ पु¥याउँछ कि हानी ?
सामान्यतया, प्याक गरिएको जुसमा फाइबरको मात्रा कम र फ्रुक्टोसको मात्रा धेरै हुन्छ, जसले रगतमा व्लड शुगरको मात्रा बढाउने गर्छ । त्यसैले, ताजा फलफूलको तुलनामा प्याक गरिएको फ्रुट जुसलाई खासै स्वस्थकर मानिदैन । यसले स्वास्थ्यलाई खासै फाइदा पनि गर्दैन । किनकी यस्ता फलफूल एक वर्षसम्म स्टोर गरेर राख्न सकिन्छ । जसले गर्दा यसमा रहेका सम्पूर्ण पोषक तत्व नष्ट हुने गर्छ । त्यस्तै पोलुटिन नामक तत्वको प्रयोग गरिएको फ्रुट जुसले यही संकेत गर्छ कि यसमा प्रयोग गरिएका फलफूल न्युन गुणस्तरको छ ।
त्यतिमात्र हैन, यस्ता जुसमा कृतिम स्वाद र गुलियोको प्रयोग गरिएको हुन्छ । जसले गर्दा यो खाँदा मिठो भएपनि स्वास्थ्यका लागि यस्ता जुस खासै राम्रो मानिदैन । यस्ता जुसमा क्यालोरीको मात्रा पनि धेरै हुन्छ जसले गर्दा मानिसहरुमा मोटोपनाको समस्या निम्तिने गर्छ । उदाहरणको लागि एक गिलास एप्पल जुसमा १२० क्यालोरी हुन्छ । जबकी एउटा स्याउमा क्यालोरीको मात्रा ७८ हुने गर्छ ।
यसबाहेक पनि, प्याक गरिएको फ्रुट जुसको खानुका यस्ता धेरै बेफाइदा छन्, जसको बारेमा जानिराख्न हाम्रो लागि निकै जरुरी छ । प्याक गरिएको फ्रुट जुसमा चिनीको प्रयोग अत्याधिक मात्रामा गरिएको हुन्छ । यसले शरीरमा क्यालोरीको मात्रा बढाउँछ । त्यसैले, तौल कम गर्न चाहने व्यक्तिले फ्रुट जुसको सेवन गर्नबाट बच्नु पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्