आज राति देशका सबै ठाउँमा वर्षा हुने, बाढी, डुबान, चट्याङबाट सावधानी अपनाउन आग्रह

आज राति देशका सबै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन सक्रिय रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकोले देशका धेरै ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने भएकोले सजगता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आउँदो शनिबारसम्म नै देशभर बादल लागेर धेरै ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुने भएकोले बाढी, पहिरो, डुबान, चट्याङलगायतका प्रकोपबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्